स्वागतम्
नेपाल घरेलु तथा साना उद्योग महासंघ, जिल्ला कार्यसमिति प्युठानको आधिकारिक वेवसाइटमा यहाँलाई हार्दिक स्वागत गर्दछौ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ, सर्खेतले आफ्नो स्थापना काल देखि नै विभिन्न सरकारी तथा गैह्सरकारी निकायहरुको सहकार्यमा प्युठान जिल्लामा लघु घरेलु तथा साना उद्योगहरुको विकासका लागि विभिन्न कार्यहरु सञ्चालन गर्दै आएको कुरा सर्वविदितै छ । महासंघका गतिविधिहरुले उद्योगी, व्यवसायीहरुका साथै आम जन समुदायमा उद्यमशिलताको विकास गरी रोजगारी प्रबर्धन गर्ने काममा ठुलो सहयोग गरेको छ । उद्योग स्थापना, सञ्चालन, बजार व्यवस्थापन लगायत विभिन्न कार्यमा उद्योगी व्यवसायीहरु लाई सहयोग गर्न महासंघबाट सञ्चालित गतिविधिहरु र जिल्लाको समग्र औद्योगिक स्थिति सहितको जानकारीमुलक संगालोको रुपमा यो वेवसाइट यहाँहरु समक्ष ल्याएको छ ।
स्थानीय स्तरमा रोजगारीको बृद्धि गरी मानिसहरुको जीवनस्तर उकास्न सहयोग गर्नुका साथै देशको औद्योगिकरणलाई समेत टेवा दिएर संसारमै नेपाललाई परिचित गराउने महत्वपूर्ण भुमीका भएका घरेलु तथा साना उद्योगको विकासमा सरकारी र निजि दुवै स्तरबाट प्रयास गर्नुपर्ने आजको आवश्यकता भएको छ । परम्परागत सीप र प्रविधि लोप हुदै गइरहेको र त्यसमा आधारित उद्योगहरुले पनि अनेक संकट भोग्नु पर्ने अवस्थामा घरेलु तथा साना उद्योग विकासका लागि ठोस नीति र कार्यक्रम शुरु गरिहाल्नु पर्ने अवस्था रहेको छ । यसका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघ, प्युठानले जिल्लामा तालिम गोस्ठी, छलफल, अन्तक्रिया कार्यक्रमहश्रका साथै समय समयमा औद्योगिक मेला प्रदर्शनीको आयोजना गर्दै आएको छ । प्युठान जिल्लाका सबै उद्योगीहरु बीच एकता र समन्वय कायम गरी घरेलु तथा साना उद्योग विकासमा लागिपरेको यस संस्थालाई सबै क्षेत्रबाट सहयोग र सल्लाह सुझाव प्राप्त हुनेछ भन्ने आशा गर्दछौ ।
अध्यक्ष
नेहरसिंह के.सी
नेपाल घरेलु तथा साना उद्योग महासंघ, प्युठान